स्थानीय तह उपनिर्वाचनः सर्केगाडमा ६६.४३ प्रतिशत मत खस्यो

हुम्ला | सर्केगाड गाउँपालिकाको उपाध्यक्ष पदको लागि भएको उपनिर्बाचनमा ६६.४३ प्रतिशत मत खसेको छ । जम्मा ६ हजार ८ सय १० मतदाता संख्या रहेको सर्केगाडका १३ मतदान केन्द्रबाट ४ हजार ५ सय २४ मत मात्र खसेको मुख्य निर्बाचन अधिकृत शुम्भु प्रशाद बरालले बताए ।

सर्केगाडका देवल आवि तुम्च, सरस्वती मावि जैर, लालीगुँरास मावि लिप्ने, देवकोटा आवि उनापानी, हिमज्योति मावि सर्केगाड, भवानी आवी गोठी, धुमचुली आवि कल्लास, स्वयम्भू आवि बराई, ईश्वर आवि छ्यागी, कोट मावि रोडीकोट, अंशुवर्मा आवि राहदेउ र नीलकण्ठ आबि फुचा गरि १३ मतदान केन्द्र तोकिएको थियो ।

चिसो बढी भएता पनि बिहानैबाट  उत्साहका साथ मतदाताहरूले  मतदान गरिरहेको र सो मतदानमा जेष्ठ नागरिक, गर्भवती तथा सुत्केरी, अपांगता भएका नागरिकहरूको पनि मतदान कार्यमा  सहभागिता रहेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले बताए।

बिहान ७ बजेदेखि साँझ ५ मतदान गरिएका १३ मतदान केन्द्रका लागि ७३ जना कर्मचारी र  २ सय  भन्दा बढि सुरक्षाकर्मीहरु परिचालन  गरेको प्रमुख जिल्ला अधिकारी  पाण्डेले बताए।