हुम्ला– स्वास्थ्य सेवा कार्यालयले गाउँपालिकाको समन्वयमा कोरोनाविरुद्धको बुष्टर खोप लगाउने अभियान सुरु गरेको छ । कोरोनाविरुद्ध दोस्रो बुष्टर खोप लगाउन जिल्लाभर खोप अभियान सञ्चालन गर्दा सेवाग्राहीको भीड लागेको हो । यता, अदानचुली गाउँपालिका– १ का रामहत्त महताराले कोरोनाविरुद्धको तेस्रो खोप लगाउने काम भएको जानकारी दिँदै खोप लगाउन सेवाग्राहीको भीड लाग्ने गरेको बताए । छोटो अवधिको जानकारी भएपछि खोप लगाउन स्थानीय बासिन्दा उत्साहित भएको सिमकोट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरबहादुर भण्डारीले बताए । उनले १२ वर्षभन्दा माथिका सेवाग्राहीको संख्या आफ्नो गाउँपालिकामा बढी नै भए पनि भ्याक्सिन कम हुने चिन्ता व्यक्त गरे । जिल्ला अस्पतालकी प्रमुख चिकित्सक प्रतीक्षा भारतीले संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कर्णाली प्रदेशको आपूर्ति व्यवस्थापन महाशाखामार्फत एक हजार ८ सय ६८ भाइल कोरोना विरुद्धको भ्याक्सिन जिल्लामा आएको र महाशाखाले उपलब्ध गराएको तथ्यांकअनुसार गाउँपालिकालाई भ्याक्सिन वितरण गरिएको बताइन् । अस्पतालमा उपलब्ध जम्मा भ्याक्सिनमध्ये नाम्खा गाउँपालिकालाई दुई सय भाइल, सिमकोट गाउँपालिकालाई ५१७ भाइल, खार्पुनाथ गाउँपालिकालाई तीन सय भाईल, चङ्खेली गाउँपालिकालाई२६८ भाईल, अदानचुली गाउँपालिकालाई ३५० भाईल र ताँजाकोट गाउँपालिका २४७ भाईल भ्याक्निस प्रदान गरिएको छ । एउटा भाइलमा ६ डोज हुने गर्छ। उनले जिल्लाभर कोरोना विरुद्धको भ्याक्सिन लगाउने कार्य जारी रहेको र यो काम मंसिर १६ गतेसम्म सञ्चालन हुने बताए । यो भ्याक्सिनबाट ११ हजार २०८ जना सेवाग्राही लाभान्वित हुनेछन् ।
कर्णाली प्रदेश
ताजा खबर
हुम्ला जिल्ला साक्षर घोषणा भयो
. हुम्लालाई ९७.४ प्रतिशत साक्षरता दर पूरा भएपछि साक्षर जिल्ला घोषणा गरियो।
. हुम्लामा १५–६० वर्ष उमेर समूहका ३५,०५४ जनामध्ये ३३,०९५ जना साक्षर छन् ।
....
दुर्गमबाट विकासतर्फ: पञ्चपुरी तीव्र रूपान्तरण
सुर्खेत । सुर्खेतको पश्चिम क्षेत्रको दुर्गम मानिने बराहताल, चौकुने गाउँपालिका मध्येको एक हो, पञ्चपुरी नगरपालिका । केही समय अघिसम्म राजधानीभित्रै भए पनि यस जिल्लाको...
हिमपहिरोमा परेका तिल गाउँवासीलाई प्रदेश सरकारले पठायो राहत
सुर्खेत। हुम्लाको नाम्खा गाउँपालिका–६ स्थित तिल गाउँमा कर्णाली प्रदेश सरकारले राहत सामग्री पठाएको छ। जेठ १ गते राति ११ बजे गएको हिमपहिरोपछि जोखिममा परेका...
हेलिकप्टरबाट १८ बर्षकी सुत्केरीकाे उद्वार
हुम्ला- चंखेली गाउँपालिका- ६ की १८ वर्षकी किशोरीकाे हेलिकप्टरबाट उद्वार गरिएको छ।
जिल्ला अस्पताल हुम्लामा उपचार हुन नसकेकी १८ वर्षकी धनशिला बुढाकाे नेपाली सेनाकाे हेलिकप्टरबाट...
अदानचुली गाउँपालिका पुर्ण खोप सुनिश्चितता पालिका घोषणा, जिल्ला चौथो
सिमकोट। हुम्लाको तल्लो भेगमा पर्ने अदानचुली गाउँपालिका लाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ। शनिवार गाउँपालिकाको सभाहलमा एक कार्यक्रमका बीच घोषणा गरिएको हो।
पहिलो...
कर्णालीको आ.व २०८२/०८३ को बजेट सिद्धान्त र प्राथमिकता यस्ता छन्
सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटका सिद्धान्त र प्राथमिकता ल्याएको छ। बुधबार बसेको प्रदेश सभा बैठकमा अर्थमन्त्री राजीव विक्रम...
वाईसियल नेपाल कर्णाली प्रदेश अध्यक्षमा ओली निर्वाचित
सुर्खेत । नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ्ग कम्युनिस्ट लिग (वाईसिएल) नेपालको प्रथम कर्णाली प्रदेश सम्मेलन सम्पन्न भएको छ। वैशाख २९ गते पार्टीका...
माओवादी केन्द्र हुम्लाको “कर्णाली करिडोर अभियान” आजबाट सुरु
सुर्खेत । नेकपा माओवादी केन्द्र हुम्लाको "कर्णाली करिडोर अभियान २०८२" बिहीबारबाट सुरु हुने भएको छ। हुम्ला जागरण तथा समाजवादको लागि कवाडीबाट उक्त अभियानको उद्घाटन...