सञ्चारकर्मी रावत नेपाल मानव अधिकार संगठनका जिल्ला अध्यक्षमा चयन

नेपाल मानव अधिकार संगठन हुम्ला शाखामा नयाँ नेतृत्व चयन भएको छ । शनिबार भएको संगठनको साधारण सभाले सञ्चारकर्मी राजन रावतको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । नौ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको हो । संगठनको अध्यक्षमा राजन रावत, कोषाध्यक्ष छपाल लामा, सदस्यमा गोबिन्दबहादुर शाही, रिन्जिन लामा, दिपक भण्डारी, लोग भण्डारी, ओभराज शाही, टाक्पा जिग्मेत लामा र कालीबहादुर शाही रहेका छन् । यसअघि संगठनका अध्यक्षमा दुई कार्यकाल जयदेवी शाही रहेकी थिईन । अध्यक्ष चयन भएपछि अध्यक्ष रावतले अब मानव अधिकारका क्षेत्रमा काम गर्ने बताए ।