एक दिन पैदल यात्रापछि गाउँपालिकामा फाेटाे खिच्दै विद्यार्थी

हुम्ला । चंखेली  गाउँपालिका–५ स्थित डाँफे आधारभूत विद्यालयका विद्यार्थी एकदिन पैदल हिँडेर फोटो खिच्न बाध्य भएका छन् ।

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्ला जिल्लाका विद्यालयमा पठनपाठन गर्न र फोटो खिच्नका लागि आवतजावत गर्नु पर्दा समेत कम्तीमा पनि एकदेखि दुई दिनसम्म लाग्ने गर्दा विद्यार्थी मर्कामा पर्दै आएका छन्।
डाँफे आधारभूत  विद्यालय कक्षा ८ मा अध्ययनरत विद्यार्थीले गाउँपालिका शिक्षा शाखामा बुझाउनु पर्ने नियम भएका कारण विद्यार्थीहरू एकदिन लगाएर गाउँपालिका केन्द्र पिप्लाङमा पुग्नुपर्ने बाध्यता रहेको विद्यार्थीले गुनासो गरेका हुन् ।