जिल्ला बाहिर जान राति चिसोमा हवाई टिकटको लागि लाइन

Oplus_131072

हुम्लाको सदरमुकाम सिमकोटबाट नेपालगंज जाने टिकटका लागि रातभरी लाईनमा बस्नुपर्ने बाध्यता छ हुम्लामा । आउदो सोमबार र मंगलबारका लागि नेपाल एयरलाइन्सको टिकट लिन मंगलबार रातभरी लाईनमा बस्नु परेको हो । सिमकोटका लागि दैनिक उडान भर्दै आएका निजि एयरलाईन्सले हप्ताको १ दिन मात्रै उडान गर्ने गरि आफ्ना उडान घटाए पछि नेपालगंज सुर्खेत जाने टिकट लिनका लागि रातीभर लाइनमा बस्नुपर्ने बाध्यता रहेको खार्पुनाथ ५ का देबेन्द्र सिंहले बताए । मंगलबार राति ११ बजे टिकटको लागि लाईन बस्न जाँदा आफु आठौं नम्बरमा परेको उनले बताए ।
नेपाल एयरलाइन्सको सिमकोट शाखाले लाइनमा बसेर जो पहिलो हुन्छ उसैलाई टिकट दिने व्यवस्था गरेका कारण यात्रुहरु टिकट बितरण गर्ने अघिल्लो दिनको बेलुकाबाटै लाइनमा बस्दै आएका छन । लाईनमा बसेका यात्रुहरुलाई बुधबार बिहान टिकट बितरण गरेको नेपाल एयरलाइन्स सिमकोट शाखा प्रमुख छिरिङ लामाले बताए ।
सर्वसाधरणले टिकट प्राप्त गर्ने सजिलो उपाय देखेर नै लाइनमा बसेर टिकट बितरण गर्ने ब्यवस्था गरिएको हो । यसो गर्दा भनसुनका आधारमा नभई सर्बसाधारण जोसुकैले पनि टिकेट पाउने भएकाले लाईको प्रक्रियाबाट टिकट बितरण गर्ने गरेको लामाले बताए ।