निशुल्क लोक सेवा तयारी कक्षा सिमकोटमा संचालन

कर्णाली प्रदेशको हुम्ला जिल्लाको सदरमुकाम सिमकोटमा सोमवार बाट निशुल्क लोक सेवा तयारी कक्षा संचालनको समुद्घाटन भएको छ । सिमकोट गाँउपालिका अध्यक्ष बिजय भण्डारीको प्रमुख अथित्यमा र नाम्खा गाँउपालिक अध्यक्ष प्रेम लामाको बिशेष अथित्यमा उक्त कार्यक्रमको उद्घाटन भएको हो । जिल्ला समन्वय समितिको सभाहलमा उद्घाटन भएको निशुल्क लोकसेवा ∕शिक्षक सेवा तयारी कक्षा सञ्चालनको कार्यक्रममा अदानचुली गाँउपालिका अध्यक्ष मोहन विक्रम सिंह,जिल्लाका सरकारी कार्यलयका कार्यलय प्रमुख, जिल्लामा रहेका सबै संचार कर्मि जिल्ला स्थित सबै सुरक्षा कर्मि लगायत निशुल्क लोक सेवा तयारी कक्षाका बिद्र्यार्थिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा अदानचुलि गाँउपालिका अध्यक्ष सिंहले आफ्नो पालिकाले पनि लोक सेवा तयारी कक्षाको लागी ४ लाख बजेट छुट्याएको जानकारी गराउनु भयो । सिमकोट गाँउपालिका, नाम्खा गाँउपालिका र खार्पुनाथ गाँउपालिका,सामाजिक बिकास कार्यालय हुम्ला र आधार बिकास नेपालको सयुक्त आयोजनामा भएको निशुल्क तथा शिक्षक सेवा तयारी कक्षाको लागी पनि आफुले सक्दो सहयोग गर्ने अध्यक्ष सिंहले बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि अध्यक्ष भण्डारीले कक्षामा सहभागी हुने सबैलाई शुभकामना दिदै लोक सेवा तयारी कक्षामा सहभागी हुने बिद्यार्थिले जिल्लाको नाम उच्च राख्न सुझाब समेत दिनु भयो ।