हुम्ला हिल्सा प्रा.लि.को गाडी बिहीबार बिहान ९ बजे छुट्ने

हुम्ला हिल्सा प्रा.लि.को नियमित यात्रुवाहक गाडी बिहीबार बाट संचालनमा आउने भएको छ । उक्त यात्रुवाहक गाडी बिहिवार बिहान ९ बजे हुम्लाको सिमकोटबाट काठमाडौँका लागि प्रस्थान गर्ने भएको छ।
उक्त गाडी सिमकोट हुँदै बाजुरा, धुलाचौर, कालिकोट, दैलेख, सुर्खेत र नेपालगन्ज हुँदै काठमाडौँसम्म जाने हुम्ला हिल्सा प्रा.लि.का अध्यक्ष बिशाल रोकायाले जानकारी दिनुभयो


अध्यक्ष रोकायाका अनुसार यात्रुको सुविधा तथा सुरक्षित यात्रालाई ध्यानमा राख्दै सेवा सञ्चालन गरिएको हो। यात्राका लागि अग्रिम टिकट तथा थप जानकारी लिन इच्छुक यात्रुले सम्पर्क नम्बर: ९८४८३६९६६९ / ९८६१७२६७०० मा फोन गर्न सक्ने बताइएको छ।