राष्ट्र बैंकद्वारा आ.व २०८२/८३ मौद्रिक नीति सार्वजनिक, नीतिगत दरमा कटौती (पुर्ण पाठसहित)

सिमकोट । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि लचिलो र सजग मौद्रिक नीति सार्वजनिक गरेको छ । आर्थिक गतिविधिमा सुस्ती आएको अवस्थामा अर्थतन्त्रलाई गति दिन केन्द्रीय बैंकले ब्याज दर घटाउने नीति अवलम्बन गरेको हो ।

शुक्रबार सार्वजनिक मौद्रिक नीतिअनुसार राष्ट्र बैंकले स्थायी तरलता सुविधाको दर (बैंक दर) ०.५ प्रतिशतले घटाएर ६ प्रतिशत पुर्‍याएको छ । यस्तै, नीतिगत दर ५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत बनाइएको छ भने स्थायी निक्षेप संकलन दर पनि ३ प्रतिशतबाट घटाएर २.७५ प्रतिशतमा ल्याइएको छ ।

राष्ट्र बैंकका अनुसार मुलुकको हालको आर्थिक वृद्धि दर अपेक्षाअनुसार नभएको, निजी क्षेत्रको लगानीमा उत्साह कमी देखिएको र बैंकिङ प्रणालीमा तरलता पर्याप्त भएको कारणले मौद्रिक नीति लचिलो बनाइएको हो । ब्याजदर घटेसँगै बैंक तथा वित्तीय संस्थाले सस्तो ब्याजमा कर्जा दिन सक्ने भएकाले निजी क्षेत्रको लगानी विस्तार, रोजगारी सिर्जना र समग्र आर्थिक चहलपहल बढ्ने विश्वास लिइएको छ ।

महँगीलाई नियन्त्रणमा राख्दै समष्टिगत आर्थिक स्थिरता कायम गर्ने उद्देश्यका साथ नीति ल्याइएको राष्ट्र बैंकको भनाइ छ । यद्यपि, आर्थिक विश्लेषकहरूले नीति सकारात्मक देखिए पनि यसको प्रभावकारिता कार्यान्वयनको चरणमा निर्भर रहने बताएका छन् ।

मौद्रिक नीति पुर्ण पाठसहित