शिक्षक सेवा आयोगले माग्यो ६८६ निमावि शिक्षक

सुर्खेत। शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको विज्ञापन आह्वान गरेको छ । सात वटै प्रदेशबाट विभिन्न विषयमा ६८६ पद सङ्ख्याका लागि आयोगले विज्ञापन आह्वान गरेको हो ।

आयोगले नेपाली विषयका लागि १०९ जना, अंग्रेजी विषयका लागि १७१, गणितका लागि ११२ जनाको विज्ञापन आह्वान गरेको छ । त्यस्तै विज्ञानका लागि १०१, सामाजिक विषयका लागि १०९, गणित विज्ञानका लागि ८० जनाको लागि विज्ञापन आह्वान गरेको हो । यता स्वास्थ्य तथा शारीरिक शिक्षामा १ जना, संस्कृति व्याकरणमा २ र संस्कृति भाषाका लागि १ जनाको विज्ञापन आह्वान गरेको छ।

       

आवेदन दिने अन्तिम मिति वैशाख १२ गते र दोब्बर दस्तुर बुझाई आवेदन दिने मिति वैशाख १९ गते सम्म रहेको आयोगले जनाएको छ । लिखित परीक्षा भने जेठ १७ गते हुनेछ । लिखित परीक्षा (विषयगत) को मिति सामान्य परीक्षाको नतिजा प्रकाशनपछि तोकिने आयोगले जनाएको छ ।

       

निमावि तहका लागि परीक्षा केन्द्रहरू कोशी प्रदेशको मोरङ, मधेश प्रदेशको धनुषा, बागमती प्रदेशको मकवानपुर, गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको दाङ, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको कैलाली तोकिएको छ ।