चैत्र १५ गते समाजवादी मोर्चाले काठमाडौंमा प्रदर्शन गर्ने

काठमाडौँ । काठमाडौँमा चैत्र १५ गते समाजवादी मोर्चाले विरोध प्रदर्शन गर्ने भएको छ। शनिबार पत्रकार सम्मेलन गर्दै मोर्चाले विरोध प्रदर्शनबारे जानकारी गरायो।

सरकारको कुशासन र अस्तव्यस्तताका कारण नेपाली जनतामा एकपछि अर्को असन्तुष्टी र आक्रोश तीब्ररुपमा बढ्दै गएको छ। भने त्यसैको मौका राजावादीहरुले छोपिरहेको मोर्चाको दाबी छ। यसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रको स्वाधीनता र नेपाली जनताको समाजवादको यात्रामा चुनौती देखा परेको मोर्चाको निष्कर्ष छ।

देशले अप्ठ्यारो र सङ्कटपूर्ण अवस्थाको सामना गरिरहेको र त्यसको रक्षार्थ प्रदर्शन गर्नुपरेको मोर्चाले जनाएको छ। मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, नेपाल कम्युनिष्ट पार्टी र नेपाल समाजवादी पार्टी रहेका छन्।

प्रतिगमन र प्रतिक्रियावादीहरुको षडयन्त्रलाई विफल पार्न सम्पूर्ण गणतन्त्रवादी, न्यायप्रेमी जनसमुदायलाई विरोध सभामा सहभागिता जनाउन हार्दिक अपील गर्दछौँ’,  ४ बुदे विज्ञप्तिमा भनिएको छ।