हुम्ला—सबै गाउँ बस्ती पुग्ने सडक बाटो र सुविधायुक्त स्वास्थ्य संस्था हुम्लामा अभाव नै छ । तैपनि गाउँमा बनेका काम चलाऊ स्वास्थ्य संस्था र पालिकास्तरबाटै राखिएका स्वास्थ्यकर्मीले सकेको सेवा दिइरहेका छन् ।
विडम्बना त्यही नाजुक अवस्थाका स्वास्थ्य संस्था र उपलब्ध अपुग श्रोत साधनाको प्रयोग गर्न पनि अधिकांशले बेवास्ता नै गरिरहेका छन । त्यही कुराको सिकार बनिन्, सिमकोट गाउँपालिका–२ ठेहे गाउँकी २७ वर्षिय भान भण्डारी । उनले आईतबार बाटोमै सन्तान जन्माइन ।
उमेरले भर्खर २७ लागेकी भण्डारीको यो तेस्रो सन्तान हो । उनले यस अघिका २ सन्तानको आमा बनि सकेकी छन । भण्डारीलाई घरबाट स्वास्थ्य चौकी पुग्न मात्रै १५ मिनेट पैदल हिँड्न पर्छ । अहिले त गाउँमै प्रसूति सेवा दिईन्छ । उनले नियमित चार पटक जाँच समेत गराएकी थिइन । स्वास्थ्य कर्मीले मिति भन्दा केही दिन अगाडि पनि हुन सक्ने भएकोले तयारीमा बस्न, घरायसी काम कम गर्न र समस्या पर्दा खबर गर्न सचेत गराउदा गराउदै यो अबस्था भोगीन ठेह गाउँकी भानले ।
भानले मात्रै होईनन हुम्लासहित कर्णालीका अधिकांस दुर्गम गाउँबस्तीका महिलाहरुले भोग्नु पर्ने समस्या हो यो । ग्रामीण बस्तिका स्वास्थ्य संस्थाहरुमा स्तरीय स्वास्थ्य सेवा प्रवाह नहुनु र समयमा आफु सचेत नहुनुको परिणती भाग्नु पर्यो सिमकोट –२ ठेहे गाउँकी भान भण्डारीले, गाउँमा सुबिधा सम्पन्न प्रसुुती सेवा नहुदा बाटोमै बच्चा जन्माईन ।
प्रस्रव पीडा सहन नसके पछि उनी आइतबार विहान गाउँमै रहेको स्वास्थ्य चौकीमा पुगेकी थिईन । नियमीतरुप रक्तस्रापसंगै प्रेसर लोव भए पछि भण्डारीको उपचार स्वास्थ्य चौकीले थेग्न नसक्ने र आफुसँग थप उपकरण नभएका कारण सुरक्षित प्रसुती सेवाका लागि जिल्ला अस्पताल सिमकोटमा रिफर गरेको, ठेहे स्वास्थ्य चौकीबाट सदरमुकाममा रहेको जिल्ला अस्पताल जान तीन घण्टा लाग्ने र केही दिन अघिको हिमपातले सडकमा बरफ जमेका कारण गाडी जान नसक्ने भएपछि स्टेचरमा बोकेर सिमकोट लैजान क्रममा एक घण्टाको बाटो हिडेपछि सिमकोट–३ बरगाउँको चुकेडी भन्ने स्थानमा बाटोमै भण्डारीले छोरीलाई जन्म दिएको ठेहे स्वास्थ्य चौकीका प्रमुख दाने बोहोराले बताए ।
उनले भने गुणस्तरीय प्रसुती सेवासंगै सुरक्षीत स्वास्थ्य सेवामा पहुँच नभएकै कारण ग्रामिण क्षेत्रका सुत्केरी महिलाहरुले नियमित यस्ता नियती भोग्नु परेको छ । प्राय दुर्गम जिल्लाका अस्पतालमै चिकित्सक छैनन्। भएका पनि नियमित बस्दैनन् र सेवा निरन्तर सुचारु हुने अवस्था छैन । जसको मारमा सर्वसाधारण नागरिक छन् । त्यसमा पनि आर्थिक अवस्था कमजोर भएका अति गरिब, विपन्न तथा दलित समुदायलाई नै बढी समस्या देखिएको छ ।
पहिला पहिला स्वास्थ्य संस्थामा गएर सुत्केरी गराउनेको संख्या शून्य थियो । सबैले घरमै गराउने र गाह्रो भएपछि मात्रै अन्यत्र लिनु पर्ने बाध्यताले बाटोमै हुने, ज्यान जाने सम्मको घटना हुन्थ्ये । अहिले यो अबस्था छैन नियमित स्वास्थ्य जाँच र संस्थागत सुत्केरी गराए बापतको रकमका लागि सेवा लिन स्वास्थ्य संस्थामा बाध्य भएर आए पनि स्वइच्छा र चाहना राखेर आउनेहरुको संख्या निकै कम रहेको वास्तविकता स्वास्थ्य कर्मीले सुनाउने गरेका छन् । अहिले भण्डारी र उनले जन्माएको बच्चा सकुशल छन । दुबैको स्वास्थ्य अबस्था राम्रो रहेको स्वास्थ्यकर्मीले बताएका छन ।
यो एउटा उदाहरण मात्रै हो जिद्दी, जबरजस्ती र अज्ञानता पहिलो समस्या भएपनि परिवारको पूर्व तयारी नहुने कुराले यस्ता घटनाहरू दोहोरिने गरेका छन । यस्ता समस्या गाउँमा अझै छन । स्वास्थ्य संस्था टाढा हुने, व्यथा लागेको बेला आफन्त नभेटिने, आर्थिक नहुने जस्ता समस्या पनि देखिएका छन । ती भन्दा बढी पूर्व तयारी नगर्ने, के हुने हो, भन्ने दम्भ राख्ने, परिवारले समेत वास्ता नगर्ने कारणले नै समस्या निम्त्याएको जिल्ला अस्पताल हुम्लाकी नर्सिङ ईन्चार्ज सरिता बोहोराले बताईन ।
औषधी पर्याप्त नहोला, भनेको समयमा स्वास्थ्य कर्मी नहोलान्, तर पनि भएको र उपलब्ध हुने कुराको सेवाका लागि स्वास्थ्य संस्था पुग्ने कुरामा स्वयम व्यक्ति र परिवार सचेत र जिम्मेवार नहुनु, भौगोलिक विकटताका कारण दुर्गमका महिलाको पीडा बाटोमै सुत्केरी, घण्टौंको पैदल हिँडेर स्वास्थ्य संस्था पुग्नु पर्ने बाध्यता र आर्थिक अवस्था लगायतका कारण जिल्लाको ग्रामिण क्षेत्रका महिला बाटोमै सुत्केरी हुनु बाध्य भएको उनले बताईन ।
ग्रामीण क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य उपचार गर्न र प्रसुती सेवाका लागि सुविधासम्पन्न अस्पतालमा जाने आर्थिक हैसियत छैन । गाउकै स्वबस्थ्य संस्थामा उपचारका लागि योग्य चिकित्सक र सुविधाजनक उपचार सेवा पाइँदैन । रोग पालेर बस्नु पर्ने र समस्या आउँदा पनि जोखिम मोलेर जीवनको बाजी थाप्नु पर्ने बाहेक अर्को विकल्प छैन हुम्लाका महिलाहरुलाई ।
भण्डारीको मात्रै नभएर हुम्लाका अधिकांस प्रसुती व्यथा लागेका आमाहरुको प्रजनन् स्वास्थ्य निकै दयनिय अवस्थामा रहेको छ । गर्भाबस्थामा कडा परिश्रम, कम उमेरमा बच्चा जन्माउनु, नियमीत स्वास्थ्य परिक्षण नहुनु, पौष्टिक आहारको कमी लगायतका बिभित कारणले सुत्केरीको ज्यान जोखिममा पर्ने गरेको छ ।
कर्णाली करिडोर पनि सहज हुन बाँकी छ । जिल्ला अस्पताल सिमकोट पुग्न कच्ची सडक सञ्जालले थप समस्या छ । सडक खुलेको समय पनि जीप रिर्जभको भाडा मात्रै १० देखि १२ हजार तिर्नु पर्ने बाध्यता छ । जुन हैसियत त्यस क्षेत्रका सबै नागरिकसँग छैन । उपचारकै कारण अकालमै ज्यान गुमाउनु पर्ने, रोग पालेर बस्नु पर्ने अवस्थामा रहेका कति हुम्ली महिलाहरुले सुत्केरी हुन नसकी ज्यान गुमानु परेको छ । यी समस्या समाधानका लागि जिल्ला अस्पताल सिमकोटमै सुबिधा सम्पन्न बिशषेज्ञ सहितको चिकित्सक सेवा सञ्चालनमा छ । यस क्षेत्रका आमाहरुले बर्षौदेखि भोग्नु परेको पीडाबाट मुक्त गराउन र सर्वसाधारण नागरिकलाई सहज उपचार सेवा दिनु पर्ने बिशषेज्ञ डाक्टर हिम बिक्रम शाहीले बताए।
सावार – रेडियो कैलाश